बालबालिका तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा N-PAF को सहभागिता

नेपाल जनजागरण मञ्चले काठमाडौंको होटेल याक एण्ड यतिमा सम्पन्न भएको बालबालिका तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्य सम्बन्धि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएको छ । संस्थाले लामो समय देखि रुकुम पूर्व र रुकुम पश्चिममा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरेकोले सम्पन्न भएको मानसिक स्वास्थ्य सम्बन्धिको सम्मेलनमा सहभागिता जनाएको हो । नेपाल लगायत विश्व जगतमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको र राज्य तथा अन्य निकायवाट यो विषय निकै ओझेलमा परेकोले सरकारी र गैरसरकारी निकायको संयुक्त आयोजनामा मिति २०८१ असोज १५ र १६ गते गरी जम्मा २ दिने बालबालिका तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सेवा विभागका निर्देशक, विश्व स्वास्थ्य संगठन, युनिसेफ, यू. यम. एन. लगायत १९ वटा I/NGOs सहित १५ देशका ३९४ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Info

Address:

Copyright © 2022, N-PAF Nepal || Website By: खास शिक्षा (iT विभाग)